आर्मी आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पाेखरा | माघ १४, २०८०

आर्मी आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश Photo Sudarshan Ranjeet

पोखरा:     गतवर्षको च्याम्पियन संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ३–० ले पराजित गरेको हो । 


पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको पहिलो खेलमै साविक विजेता समेत रहेको संकटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । 


आर्मीको जितमा दिनेश हेमजनले २ तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे । गतवर्षको प्रतियोगितामा संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल पराजित गरेको थियो । 


आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्